भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गोरखामा चोरीका मोटरसाइकल रोक्न ट्राफिक प्रहरीले कडा छड्के जाँच सुरु

गोरखामा चोरीका मोटरसाइकल रोक्न ट्राफिक प्रहरीले कडा छड्के जाँच सुरु

गोरखा,  ५ मंसिर । गोरखा जिल्लामा बढ्दै गएको मोटरसाइकल चोरी रोक्न ट्राफिक प्रहरीले ग्रामीण भेग लक्षित गरेर कडा छड्के जाँच सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज सुरज अर्यालका अनुसार ट्राफिक प्रहरीको उपस्थिति नपुगेका दुर्गम स्थानहरूलाई प्राथमिकतामा राखेर व्यापक निगरानी थालिएको हाे । 

उनका अनुसार आरुघाटबाट सोती हुँदै उत्तरी गोरखाको माछाखोला क्षेत्रसम्म ‘पठाओको नाममा चलाइने चोरीका बाइक’ सम्बन्धी गुनासो बढेपछि केही दिनदेखि ती क्षेत्रमा विशेष चेकजाँच चलाइएको छ । जाँचका क्रममा ट्राफिक प्रहरीले सोती बजार नजिकै लामो समयदेखि बेवारिसे अवस्थामा रहेको ग १७ प २३९० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ  । बाइकको चाबी फुटाइएको अवस्थामा भेटिएको र चोरीको भए/नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । छड्के चेकिङमा १३ वटा सवारी साधन सवारी ऐन उल्लङ्घनको आरोपमा कारबाहीमा परेका छन्  भने कारबाहीमा पर्ने मध्ये एउटा स्कार्पियो, दुई वटा बोलेरो र बाँकी मोटरसाइकल रहेका छन्  । 

बढी भाडा लिएकाे बारे आएका गुनासो पनि प्रहरीले निगरानी गरेको तर सो किसिमको अनियमितता भेटिन नसकेको इन्चार्ज अर्यालले बताए । चेकजाँचसँगै चालक र सर्वसाधारणलाई ट्राफिक नियमबारे सचेत गराइएको पनि उनको भनाइ छ  । 

इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले संयुक्त रूपमा गरेको उक्त छड्के अभियानमा इलाका प्रहरी निरीक्षक अनिल श्रेष्ठको टोली र ट्राफिक प्रहरी इन्चार्ज अर्यालको टोली खटिएको थियो । 

 


Thali Mobile Pvt.Ltd.