भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

सरकारसँग २ अर्ब ग्यारेन्टी मागेपछि नारायणगढ–बुटवल सडक निर्माण अनिश्चित

सरकारसँग २ अर्ब ग्यारेन्टी मागेपछि नारायणगढ–बुटवल सडक निर्माण अनिश्चित

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण अनिश्चित बन्दै गएको छ । सडकखण्ड विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले नयाँ काम सुरु गर्न नेपाल सरकारसँग थप रकम मागेपछि सडक निर्माण झन् अनिश्चित बन्दै गएको हो । ‘ग्यारेन्टी’ बापत् थप २ अर्ब रुपैयाँ मागेपछि निर्माण कार्यमा थप अनिश्चितता थपिएको छ ।

अगष्ट ९ देखि १३ सम्म एसियाली विकास बैंक सडक निर्देशनालयका प्रमुख चुडाराज ढकाल चीन गएका थिए । अहिलेसम्म चाइना स्टेटको तल्लो तहका प्रतिनिधिसँग मात्रै ‘डिल’ भइरहेको छ । उनीहरुले पैसा नभएका कारण आयोजनाको काम अघि बढ्न नसकेको बताउँदै आइरहेका थिए। माथिल्लो तहका प्रतिनिधिसँग सरकारले कुरा गर्न सकेको थिएन।

त्यसैले ढकाललाई चाइना स्टेटको मुख्यालय पुगेर सडकखण्डमा काम नहुनुको कारणबारे जवाफ ल्याउन पठाइएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बेइजिङस्थित राजदूतावासको समन्वयमा ढकाललाई चीन पठाइएको थियो । त्यसपछि ढकालले दाहाललाई चाइना स्टेटका उच्च तहका प्रतिनिधिसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.