भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गण्डकीमा यो वर्ष ९३ हजार ९२२ हेक्टर क्षेत्रफलमा रोपाइँ

गण्डकीमा यो वर्ष ९३ हजार ९२२ हेक्टर क्षेत्रफलमा रोपाइँ

पर्वत । गण्डकीमा यो वर्ष ९३ हजार ९२२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। गत वर्षको बर्खे धानको तुलनामा यस वर्ष करिब चार प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको हो ।

यो वर्ष गोरखामा नौ हजार पाँच सय ६२ हेक्टर, लमजुङमा ११ हजार ८७५ हेक्टर, तनहुँमा सात हजार ६७४ हेक्टर, कास्कीमा १६ हजार ५७, पर्वतमा सात हजार चार सय ५०, स्याङ्जामा १४ हजार २४६, म्याग्दीमा तीन हजार ७४१ हेक्टर, बागलुङमा पाँच हजार ५३६ हेक्टर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १७ हजार सात सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

गत वर्ष क्रमशः ११ हजार २६६, नौ हजार ३०१, आठ हजार ५१७, १७ हजार २५३, सात हजार सात सय ८४, १५ हजार ६५, तीन हजार ८८४, पाँच हजार ८८३ र १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। ती जिल्लामा यस वर्ष १० हजार १४०, ११ हजार ८७५, सात हजार ६७४, १६ हजार २२०, सात हजार ५२५, १४ हजार ३९०, तीन हजार ८०६, पाँच हजार ७०७ र १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने अनुमान गरिएको थियो।

हिमालपारिका दुई जिल्ला मुस्ताङ र मनाङमा धान खेती हुँदैन। बाँकी रहेका नौ जिल्लामा धान खेतीका लागि योग्य क्षेत्रफल चार लाख ७९ हजार छ सय १७ हेक्टर रहेको छ। खेती योग्य सबै जमिनमा धान लगाउने गरिएको छैन। धान उत्पादनयोग्य जमिनमध्ये करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै कृषकले धान खेती गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.