भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विचौलियाको चंगुलबाटबाट गृह प्रशासन मुक्त बनाउने सचिवकाे दावी

विचौलियाको चंगुलबाटबाट गृह प्रशासन मुक्त बनाउने सचिवकाे दावी

काठमाडौँ । गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेका सचिव एकनारायण अर्यालले गृह प्रशासनलाई कमजोर हुन नदिने बताएका छन् ।

मुलुकको समग्र शासन विचौलियाको चंगुलबाट मुक्त गरेरै छाड्ने बताए । बुधबार मन्त्रालयमा पद बहाली गरेसँगै विभिन्न निकायका कर्मचारीहरूलाई निर्देशन दिँदै शासनलाई हाँक्ने प्रमुख निकाय गृह प्रशासन भएको बताए ।

माथिल्लो तहमा स्वार्थ समूहहरूले आफू अनुकूलको नीति बनाउन र त्यसलाई जसरी पनि लागू गराउने प्रवृत्ति रहेको, तल्लो तहमा बिचौलियाको रजाई चल्ने गरेको र कर्मचारीलाई प्रभावमा पार्ने प्रवृत्ति थियो भन्दै त्यसलाई अब निकम्मा पारिने बताए ।

उनले भने, “कसैले काम गर्न सकेन भने गृह मन्त्रालय छ भन्ने गरिन्छ ।” काम गर्न र चुनौतीको सामना गर्न अहिलेको टिम सक्षम भएको दावी गरे । सरकारको साझा न्यूनतम कार्यक्रम र निर्देशनलाई ध्यानमा राखेर अघि बढ्ने बताउँदै गृह सचिव अर्यालले नागरिकप्रतिको जबाफदेहिताबाट कोही पनि पन्छिन नमिल्ने बताए ।

गृह मन्त्रालय गभर्नेन्सको विषयसँग प्रत्यक्ष जोडिएकाले मातहतका निकायमा कार्यरत कुनै कर्मचारीलाई कमजोर हुने वा कमजोरी गर्ने छुट नभएको गृह सचिव अर्यालले बताए । पछिल्लो समय सरकार कमजोर भएको जस्तो देखिएको बताए ।

अध्यागमन विभाग र कार्यालयमा विकृति हटाएरै छाड्ने जिकिर गरे । सुरक्षा प्रमुखहरूसमेतको उपस्थितिमा गृह सचिव अर्यालले कर्मचारीहरूलाई उच्च मनोवलबाट काम गर्न निर्देशन दिए ।

शान्ति सुरक्षा कायम गर्ने कुरामा सबै सुरक्षा संयन्त्रहरूले समन्वय गर्नुपर्ने बताउँदै मातहतका सबै निकायको यौटै आवाज हुनुपर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.