भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संस्कृत पढ्दै गुरुकुलमा दलित विद्यार्थी

संस्कृत पढ्दै गुरुकुलमा दलित विद्यार्थी

हेटौडा । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रति विद्यार्थीको लगाव छ । संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेको छन् ।

दुई महिनाअघि वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित संस्कृत गुरुकुलमा भर्ना भएका हेटौंडा ८ का सम्राट दराइली अहिले मज्जाले संस्कृत श्लोकहरु वाचन गर्नसक्छन् । संस्कृत पढ्ने आफ्नै चाहनाले गुरुकुल पुढेका दराइलीलाई संस्कृत पढेर ज्योतिष बन्ने ठूलो रहर छ ।

शिरमा ढाका टोपी, निधारमा लामो टिका लहरै बसेर गूरुले उच्चारण गरेको मन्त्र दोहोर्‍याउँदै छन् । १८ जना बालकहरु गुरुको सानिध्यमा बसेर संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित समुदायका बालक बढी उत्साहित छन् ।

उदयपुर, सप्तरी, बारा देखिका विद्यार्थी अध्ययनकालागि यहाँ आएका छन् । गुरुकुलले यहाँ अध्ययनरत सबै बटुकको व्रतबन्ध गरिदिएको छ । गुरुकुलको आफ्नै आचरणमा रमाएका विद्यार्थीहरु बिहान उठेदेखि नित्यकर्म, वेदअध्धयन र ध्यानमा विद्यार्थी जुट्छन् ।

 


Thali Mobile Pvt.Ltd.