भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निस्ति खोलाले बगाएर एक जना बेपत्ता

निस्ति खोलाले बगाएर एक जना बेपत्ता

गुल्मी । खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका वडानम्बर २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका हुन ।

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

मुसिकोट नगरपालिका १ अरेवा घर भई हाल वडा २ निस्ति मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । आज बिहान उनको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.