भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

चितवन । गुरुङ समुदायले बिहीबार मे त्हलें प्रीब (धनुष–बाण विद्या) पर्व मनाउँदैछ। परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष(बाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा गुरुङ समुदायमा हरेक वर्ष फागु पूर्णिमाका दिन यो पर्व मनाइन्छ।

यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ। खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल शुरु हुन्छ। सिकारी युगमा धनुष वाणको आवश्यकता र महत्त्व धेरै थियो। आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण गुरुबाण प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको तमू प्ये ल्हु संघका अध्यक्ष विक्रम गुरुङले बताए।

चितवनकोभरतपुर ११ नौरङ्गेस्थित क्होइवोे परिसरमा बिहीबारजिल्लास्तरीय धनुष वाण प्रतियोगिता तथा छलफल कार्यक्रम आयोजना गरी यो पर्व मनाइने अध्यक्ष गुरुङले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.