भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

एजेन्सी । पाकिस्तान रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा एक सय ५५ जना मुक्त भएका सुरक्षा अधिकारीहरूले बताएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गर्दा १ सय ५५ जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा २७ जना लडाकू मारिएका सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

क्वेटाका एक वरिष्ठ रेल्वे अधिकारी मुहम्मद काशिफले रेलमा चार सयदेखि पाँच सय जना यात्रु रहेको बताउनुभएको छ । बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही चलाइरहेको छ । यो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो ।

यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ । बलुच लिबरेशन आर्मी (बीएलए) ले भने सुरक्षाकर्मी पनि मारिएका दाबी गरेको छ । समूहका लडाकुहरूले हिजो क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए ।

बलुच लिबरेशन आर्मीले रेलमा रहेका धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.