भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

रवि लामिछाने ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको ज्ञानेन्द्र शाहीको टिप्पणी

रवि लामिछाने ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको ज्ञानेन्द्र शाहीको टिप्पणी

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ७२ घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउँछु भनेर भोट मागेको होइन? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १२४ दिन सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको भन्दै थप प्रश्न गरे । जीबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्री लामिछानेलाई सदनमा फूलमाला लगाएर स्वागत गर्ने उनले बताएका छन् ।

उनले गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पथको पछाडि लागिपरेको टिप्पणी गरे । उनले फाइल खोल्नुस् न भन्दै जनतालाई कहिलेसम्म भ्रमित पार्ने भनी प्रश्न गरे । उनले क्यान्टोनमेन्ट घोटालामा कसको संलग्नता छ, रोस्ट्रममा उभिएर जवाफ दिन गृहमन्त्रीलाई अनुरोध गर्दै भने, “पुरानाले देशलाई ३३ वर्षदेखि लुटे, यिनीहरूका विरुद्ध सडक र संसद्बाट खडा हुनुपर्छ भनेर जनताले जनमत दिएको हो ।”

 


Thali Mobile Pvt.Ltd.