भर्खरै : Sorry, your browser does not support inline SVG.
पृथ्वी राजमार्गको गलौँदी सडक खुल्यो, दुवैतर्फ गाडी सञ्चालन | सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल | दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए | बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध |

राजनीतिक निर्णय बदलिसकेपछि असार २८ सम्म समय केका निम्तिः योगेश भट्टराई

राजनीतिक निर्णय बदलिसकेपछि असार २८ सम्म समय केका निम्तिः योगेश भट्टराई

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले लामो राजनीतिक चरित्र बोकेर हिँडेको भए राजीनामा गरेर सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । उनले ठूला राजनीतिक दलले आसन र राजनीतिक निर्णय बदलिसिकेको अवस्थामा असार २८ गतेसम्म समय केका निम्ति लिन खोजेको भन्दै प्रश्न गरे ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै माओवादीले असार १८ गते प्रस्ताव पठाएको खुलासा पनि गरे । त्यति बेला प्रचण्डले आफूले पद छाड्ने र ओलीलाई प्रधानमन्त्री बन्न अनुरोध गरेको उनले जानकारी दिए

प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा २६८ र पछिल्लोपल्ट घटेर १५७ मत पुगेको उनले उल्लेख गरे । अब विश्वासको मत लिँदा कति हुन्छ भन्दै उनले पनि प्रश्न गरे । सांसद भट्टराईले प्रधानमन्त्री प्रचण्डको स्वभाव नै क्षणिक रूपमा सहमति गर्ने खालको भएको टिप्पणी गरे । क्षणिक सहमति गरेर सरकार बनाउने र तत्कालै अर्को राजनीतिक समीकरणतर्फ लाग्ने प्रचण्डको स्वभाव रहेको उनले जिकिर गरे ।

 

 


Thali Mobile Pvt.Ltd.