भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्धः हमास

युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्धः हमास

एजेन्सी । हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमास लडाकू समूहले तीन जना रिहा गर्न लागेको हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायलको चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।

हमासले इजरायलले युद्धविरामको उल्लङ्घन गरेको आरोपसहित बन्धकको रिहाइ रोक्ने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्तावसमेत गरेका थिए । गाजामा १५ महिनादेखिको युद्ध अन्त्यका लागि गएको जनवरी १९ तारिखमा युद्धविराम सम्झौता लागू भएको थियो ।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले आफूहरु युद्धविरामको कार्यान्वयन गर्न र यसलाई पूर्ण रूपमा पालना गर्न प्रतिवद्ध रहेको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले दिएको जानकारी अनुसार रिहा हुनहरुमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसपटकको सूचीमा पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेनन् । पछिल्लो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीकाबीच हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।

 

 


Thali Mobile Pvt.Ltd.