एजेन्सी । सम्पुर्ण बन्धकहरु शनिबारसम्म रिहा गर्न इजरायलले हमासलाई समय सीमा दिएको छ । शनिबार दिउँसोसम्म सम्पुर्ण बन्धक फिर्ता नगरे गाजामा युद्धविराम समाप्त गर्ने र युद्धलाई तीव्रता दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका हुन ।
हमासले इजरायललाई तीन हप्ता पुरानो युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा नगर्ने घोषणा गरेपछि इजरायलले समयसीमा दिएको हो । यता इजरायल र हमासको द्वन्द्वले भने बन्धकका परिवार र इजरायलको कारागारमा रहेका प्यालेस्टिनी बन्दीका परिवारजन थप चिन्तित बनेका छन् ।
प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनालाई गाजाभित्र र वरपर तैनाथ हुन आदेश दिइसकेका छन् । हमासले अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त गर्ने निर्णय स्थगित गरेको घोषणा गरेपछि इजरायलले यो कदम चालेको हो । नेतान्याहूले बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइको माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान गरेको छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार २०२५...
एजेन्सी । फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएका छन् । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि उक्त मार्गबाट सुएज नहरमा फर्किका हुन...
एजेन्सी । रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको छ। युद्ध रोक्ने विषयमा साउदी अरेबियामा वार्ता जारी रहँदा रुसले उत्त–रपूर्वी युक्रेनका विभिन्न ठाउँलाई निशाना बनाएर आक्रमण गरेको हो । अमेरिका...
एजेन्सी । गाजामा जारी इजरायली सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कुल ५०,०२१ जनाको मृत्यु भएको बताएको हो । गाजामा हमासद्वारा...