भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी

अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी

एजेन्सी । सम्पुर्ण बन्धकहरु शनिबारसम्म रिहा गर्न इजरायलले हमासलाई समय सीमा दिएको छ । शनिबार दिउँसोसम्म सम्पुर्ण बन्धक फिर्ता नगरे गाजामा युद्धविराम समाप्त गर्ने र युद्धलाई तीव्रता दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका हुन ।

हमासले इजरायललाई तीन हप्ता पुरानो युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा नगर्ने घोषणा गरेपछि इजरायलले समयसीमा दिएको हो । यता इजरायल र हमासको द्वन्द्वले भने बन्धकका परिवार र इजरायलको कारागारमा रहेका प्यालेस्टिनी बन्दीका परिवारजन थप चिन्तित बनेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले इजरायली सेनालाई गाजाभित्र र वरपर तैनाथ हुन आदेश दिइसकेका छन् । हमासले अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त गर्ने निर्णय स्थगित गरेको घोषणा गरेपछि इजरायलले यो कदम चालेको हो । नेतान्याहूले बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइको माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.