भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नासमनामा एक ९४ वर्षीया बृद्धाको हत्या

नासमनामा एक ९४ वर्षीया बृद्धाको हत्या

भक्तपुर नगरपालिका–३ स्थित नासमनामा एक बृद्धाको हत्या भएको छ । ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो ।

बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझ आफन्तले घरमा हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलााई खबर गरेका थिए। । बृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । घटना के–कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले बताउँनु भयो । घटनास्थल भक्तपुर दरवार क्षेत्रको ३ सय मिटर उत्तरमा पर्छ । मृतक विष्णुकुमारीको शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.