भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए

प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए image

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे हत्याको प्रारम्भिक अनुसन्धान थालिएको छ । लागूऔषध सेवनकर्तासँग विवाद भएपछि उनको हत्या भएको अनुमान प्रहरीको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा घिमिरेको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । जुन क्षेत्र लागूऔषध सेवनकर्ताहरुको अखडाका रुमा रहेको स्थानीयले बताए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘उनी मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि समूहले उनको हत्या गरेको देखिएको छ ।’ इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले बयानपछि ६ जनाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । खोटाङ घर भएका घिमिरे हाल सामाखुशी बस्दै आएका थिए । प्रहरीले यसबारे आज पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.