भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रवि अहिले गृह मन्त्रालयमा बस्न मिल्दैनः शेखर कोइराला

रवि अहिले गृह मन्त्रालयमा बस्न मिल्दैनः शेखर कोइराला

काठमाडौं । सहकारी प्रकरणको छानबिन हुँदासम्म रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा रहन नसक्ने बताएका हुन् । कोइरालाले भने, उनीमाथि जुन चार्ज लागेको छ त्यो होइन भनेर पुष्टि गरिदिनुस् ।

त्यतिबेलासम्म उपप्रधानमन्त्री बनिरहनुस् तर गृह मन्त्रालयमा बस्नु भएन।’ देशभरीका सहकारीको अनुसन्धान प्रभावित हुने भएकाले लामिछाने गृहमन्त्रालयमा बस्न नहुने उनको तर्क छ । देशभरीको छानबिन समिति प्रहरीले गर्ने उनको धारणा छ ।

 


Thali Mobile Pvt.Ltd.