भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सम्पर्कविहीन हायू परिवार पोखरामा सुरक्षित अवस्थामा फेला

सम्पर्कविहीन हायू परिवार पोखरामा सुरक्षित अवस्थामा फेला

मुख्य बुद्धा 

सिन्धुलीको गोलन्जोर–६ का सम्पर्कविहीन हायू परिवार पोखराको गगनगौंडामा फेला परे।

बिहीवारदेखि सम्पर्कविहीन भनिएका १६ जना सदस्यलाई प्रहरीले हिजो अबेर भेट्टायो।

उनीहरू ज्यामी काम गर्न पोखरा आएको भनाइ ।

पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनायाे ।

गाउँको घरमा बाख्रा, कुकुर छोडेर जानकारी नदिई हिँडेपछि छरछिमेक र प्रहरी सक्रिय।

काठमाडौँ, १३  साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारका सदस्यहरू पोखरामा फेला परेका छन्। पोखराको गगनगौंडामा बसिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको हो।

कास्की प्रहरीले जानकारी दिएअनुसार बिहीवारदेखि सम्पर्कविहीन भनिएका परिवारलाई हिजो साँझ गगनगौंडास्थित एक घरमा भेटिएको र उनीहरूलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको छ।

सिन्धुलीको एकान्तमा रहेको घरमा प्रहरीको टोली पुग्दा कोही पनि नभेटिएपछि रहस्यमय रूपमा सम्पर्कविहीन भएको भन्दै खोजी कार्य तीव्र पारिएको थियो। १६ जनाको परिवार अचानक सम्पर्कविहीन भएपछि छरछिमेकीहरूले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानको क्रममा थाहा भएअनुसार ती परिवारका सदस्यहरू बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा आएका रहेछन्। उनीहरूले पोखरामा ज्यामी काम गर्न आएको बताएका छन्। परिवारका सदस्यहरूले भने, “सिन्धुलीमा काम नपाएर काम खोज्दै पोखरा आएका हौं।”  परिवारका एक ज्वाइँ र छोरी पहिलेबाटै पोखरामै बस्ने र अर्को छोरी काठमाडौँमा बस्ने जनाइएको छ।

खासगरी छोरो विदेशबाट फर्किएको, सामाजिक सुरक्षा भत्ता बुझेको र रमाइलो गर्ने उद्देश्यले बाहिरिएको भन्ने प्रारम्भिक अनुमानका आधारमा पनि प्रहरीले खोजी कार्य अघि बढाएको थियो।

घरबाट निस्कँदा उनीहरूले छ वटा बाख्रा खोरमै बाँधेर, कुकुर छोडेर गएका थिए। छरछिमेकलाई कुनै जानकारी नदिई अचानक सम्पर्कविहीन भएपछि घटनाले रहस्य मच्चाएको थियो।

 


Thali Mobile Pvt.Ltd.