भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सम्पर्कविहीन हायू परिवार पोखरामा सुरक्षित अवस्थामा फेला

सम्पर्कविहीन हायू परिवार पोखरामा सुरक्षित अवस्थामा फेला

मुख्य बुद्धा 

सिन्धुलीको गोलन्जोर–६ का सम्पर्कविहीन हायू परिवार पोखराको गगनगौंडामा फेला परे।

बिहीवारदेखि सम्पर्कविहीन भनिएका १६ जना सदस्यलाई प्रहरीले हिजो अबेर भेट्टायो।

उनीहरू ज्यामी काम गर्न पोखरा आएको भनाइ ।

पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले जनायाे ।

गाउँको घरमा बाख्रा, कुकुर छोडेर जानकारी नदिई हिँडेपछि छरछिमेक र प्रहरी सक्रिय।

काठमाडौँ, १३  साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारका सदस्यहरू पोखरामा फेला परेका छन्। पोखराको गगनगौंडामा बसिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको हो।

कास्की प्रहरीले जानकारी दिएअनुसार बिहीवारदेखि सम्पर्कविहीन भनिएका परिवारलाई हिजो साँझ गगनगौंडास्थित एक घरमा भेटिएको र उनीहरूलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाइएको छ।

सिन्धुलीको एकान्तमा रहेको घरमा प्रहरीको टोली पुग्दा कोही पनि नभेटिएपछि रहस्यमय रूपमा सम्पर्कविहीन भएको भन्दै खोजी कार्य तीव्र पारिएको थियो। १६ जनाको परिवार अचानक सम्पर्कविहीन भएपछि छरछिमेकीहरूले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानको क्रममा थाहा भएअनुसार ती परिवारका सदस्यहरू बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा आएका रहेछन्। उनीहरूले पोखरामा ज्यामी काम गर्न आएको बताएका छन्। परिवारका सदस्यहरूले भने, “सिन्धुलीमा काम नपाएर काम खोज्दै पोखरा आएका हौं।”  परिवारका एक ज्वाइँ र छोरी पहिलेबाटै पोखरामै बस्ने र अर्को छोरी काठमाडौँमा बस्ने जनाइएको छ।

खासगरी छोरो विदेशबाट फर्किएको, सामाजिक सुरक्षा भत्ता बुझेको र रमाइलो गर्ने उद्देश्यले बाहिरिएको भन्ने प्रारम्भिक अनुमानका आधारमा पनि प्रहरीले खोजी कार्य अघि बढाएको थियो।

घरबाट निस्कँदा उनीहरूले छ वटा बाख्रा खोरमै बाँधेर, कुकुर छोडेर गएका थिए। छरछिमेकलाई कुनै जानकारी नदिई अचानक सम्पर्कविहीन भएपछि घटनाले रहस्य मच्चाएको थियो।

 


Thali Mobile Pvt.Ltd.