भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

कर्णाली विकास बैंक घोटाला: ३ अर्ब २० करोडको अपचलन, १११ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

कर्णाली विकास बैंक घोटाला: ३ अर्ब २० करोडको अपचलन, १११ जनाविरुद्ध मुद्दा दर्ता हुँदै

रुपन्देही, १४ साउन । कर्णाली विकास बैंकमा भएको ठूलो कर्जा अपचलन प्रकरणमा संलग्न १११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, बाँकेले आज उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धानपछि ती सबै व्यक्तिलाई दोषी देखाइएको छ । अभियुक्तहरूमा बैंकका सञ्चालक, कर्मचारी र ऋण अपचलनमा संलग्न व्यक्ति समावेश छन् ।

बाँके जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर शाहीका अनुसार चार जना पक्राउ परिसकेका छन् भने १०७ जना अझै फरार छन् । सबै प्रतिवादीहरूविरुद्ध आज दिउँसोसम्म अभियोग पत्र दर्ता गरिने जानकारी दिए ।

अनुसन्धान अनुसार, कुल ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बराबरको आर्थिक अपचलन भएको पुष्टि भएको छ । यस घोटालामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य तथा पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत र बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी मुख्य अभियुक्तका रूपमा छन् । यसअघि सीआईबीले उनीहरूलाई बाँकेको प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । भुवन बस्नेतकाे खातामा बैंकबाट आएको १० लाख रुपैयाँको प्रमाण फेला परेको छ । उनले नाफामा रहेको भनी झुटो रिपोर्ट दिएर समस्याग्रस्त बैंकलाई ढाकछोप गरेको बताइएको छ ।

२०६६ सालमा मध्यपश्चिमको पहिलो विकास बैंकको रूपमा स्थापना भएको कर्णाली विकास बैंक सुरु देखिनै अनियमित रूपमा सञ्चालनमा आएको खुलेको छ । राष्ट्र बैंकले २०८१ पुस १० गते बैंकलाई ‘समस्याग्रस्त’ घोषणा गर्दै सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिएको थियो । राष्ट्र बैंकको ठहर अनुसार, कर्णाली विकास बैंकले पुँजीकोषको न्यूनतम अनुपात कायम गर्न सकेन, संस्थागत सुशासन कमजोर छ र वित्तीय पारदर्शिता गम्भीर रूपमा उल्लंघन भएको छ । बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न असफल भएपछि राष्ट्र बैंकले टीकाराम खतिवडाको संयोजकत्वमा विशेष व्यवस्थापन समिति गठन गरेर २०८१ पुस ११ गतेदेखि काम सुरू गरेको हो ।

देशकै एक ठूलो बैंकिङ घोटालामध्ये पर्ने कर्णाली विकास बैंक काण्डमा दोषी देखिएका सबै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको छ । मुद्दाको बहस उच्च सरकारी वकिल कार्यालय, नेपालगन्जमार्फत अगाडि बढाइनेछ ।

 


Thali Mobile Pvt.Ltd.