भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सरकार मुगुकी दलित स्वास्थ्यकर्मीकाे चित्कार कसले सुन्छ ? (भिडियोसहित)

सरकार मुगुकी दलित स्वास्थ्यकर्मीकाे चित्कार कसले सुन्छ ? (भिडियोसहित)

स्वास्थ्यकर्मी युवती भन्छिन्, मेरो चित्कार कसले सुनिदिने ?, दलित भनेर कोठा पाइनँ, शाखा प्रमुखद्धारा यौन हिंसा भोगेँ ।’
मुगु । लुम्बिनी प्रदेशको दाङ तुलसीपुर उपमहानगरपालिका ११ की अनमी तुलसी कुमारी विश्वकर्माले लोकसेवा पास गरेपछि पोस्टिङ भयो । मुगुको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा उनको पोस्टिङ गत माघमा भएको थियो ।

स्वास्थ्य चौकीमा हाजिर भएर स्वास्थ्य चौकी इन्चार्ज सुरजकुमार शाहीको घरमा डेरा लिएर बसिन् । हरदम सेवा गरेकी तुलसीले ११ महिना पछि गाउँ छोड्नु परेको छ । जव उनी दलित हुन भन्ने थाह भयो तव स्वास्थ्यकर्मी सुरजको परिवारले नै डेराबाट निकाले । सुरजका परिवारले बसेको ११ महिनापछि तुलसी दलित भएको थाहा भएको भन्दै घर छोड्न दबाब दिएको उनको भनाइ छ ।

भिडियो…


तुलसी भन्छिन्, ‘घरबेटीले कोठा छोड्न भनेपछि अन्य घरमा कोठा मागे तर दलित भएको भन्दै कसैले पनि कोठा दिन मानेनन् ।’ खनायामा जातीय विभेद मात्रै होइन, गाउँपालिकाका शिक्षा शाखा प्रमुखले समेत दुर्व्यवहार गरेको खुलेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालासँग तुलसीले दुःख बिसाउँदै भनिन्, ‘शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर मल्लले राति राति फोन गर्दै म भेट्न आउँछु भन्थे ।’ बिरामीको बहाना गराएर मध्यरातमा फोन गर्ने, रक्सी खाएर यौन प्रस्ताव गर्दै मानसिक टर्चर दिने गरेको गुनासो सुनाइन् ।

केही दिन अघि स्वास्थ्य चौकीकै सहकर्मीको जन्मदिनमा मदिरा मिसाएको कोक खुवाएर आफ्नो भिडियो रेकर्ड गरेर चरित्र हत्या समेत गरेको तुलसीले अनुभव सुनाइन् । आफू असुरक्षित रहेको बुझेपनि जागिर भएकाले केही समय सहेर बसेको उनको भनाइ छ ।

शारीरिक तथा मानसिक यातना देखि सामाजिक विभेदले सीमा नाघेपछि तुलसीले परिवारलाई सुनाइन् । अहिले तुलसी सदरमुकाममा छिन् । जिल्ला प्रहरी कार्यालय मुगुले भने अहिलेसम्म तुलसीले उजुरी नदिएकाले अनुसन्धान नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी बिरेन्द्र थापाले पीडितको निवेदन दर्ता भएसँगै कानुनी प्रकृयामा जाने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.