भर्खरै : Sorry, your browser does not support inline SVG.

महायज्ञमा सुर्यविनायक नगरपालिकाले १ करोड दिने घोषणा

महायज्ञमा सुर्यविनायक नगरपालिकाले १ करोड दिने घोषणा

भक्तपुर । चाँगुनारायण नगरापालिका ९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणका लागि सूर्यविनायक नगरपालिकाले रु १ करोडसम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ । महायज्ञमा मेयर वासुदेव थापाले यस्तो घोषणा गरेका हुन ।

आश्रममा आयोजित महायज्ञमा हाल भाडामा संचालन भैरहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद र भवन निर्माण सहयोगार्थ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएको नगरप्रमुख थापाले उक्त सहयोग घोषणा गरेको बताए ।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले पनि १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेकी आयोजकले जनाएको छ । हाल भाडामा संचालन भैरहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद र भवन निर्माण सहयोगार्थ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागीले सहयोग गर्ने क्रम बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.