भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन जिल्लामा भारी वर्षा, जल तथा मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह

तीन जिल्लामा भारी वर्षा, जल तथा मौसम विभागद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

विशेष गरी बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी र पहिरोको जोखिम बढेको विभागले जनाएको छ। बागलुङ जिल्लास्थित गलकोट वर्षा मापन केन्द्र वरपर पछिल्ला ६ घण्टामा भारी वर्षा मापन गरिएको छ। सो क्षेत्रबाट बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने खतरा रहेको र कमजोर जमिनमा पहिरोको सम्भावना देखिएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

मकवानपुर जिल्लास्थित लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र अझै बढ्दो अवस्थामा रहेको जनाएको छ। बाढी जोखिम बढेसँगै खोलाको किनारमा बसोबास गर्नेहरुलाई विशेष सावधानी अपनाउन भनिएको छ।

सर्लाही जिल्लाको पत्थरकोट र परवानीपुर वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। ती क्षेत्रमा साना खोलाहरूमा बहाव बढ्ने र होचा भूभागमा डुबानको सम्भावना रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले खोलानाला आसपास र पहिरो जोखिमयुक्त क्षेत्रमा बस्ने सबै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न पुनः आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.