भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुस्ताङ बाढी प्रकोप: चार पुल बगाए, दुईमा गम्भीर क्षति

मुस्ताङ बाढी प्रकोप: चार पुल बगाए, दुईमा गम्भीर क्षति

काठमाडौं, २५ असार । गण्डकी प्रदेशको उच्च हिमाली जिल्ला मुस्ताङको उत्तर–पूर्वी क्षेत्रमा परेको भारी वर्षासँगै आएको लेदोसहितको बाढीले छ वटा पुलमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकादेखि लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ खोलामा झन्डै तीन घण्टासम्म बाढी आएको थियो। सो बाढीले चार वटा पुल पूर्णरूपमा बगाएको र दुई वटा पक्की मोटरेबल पुलमा आंशिक क्षति पुर्‍याएको हो।

लोमान्थाङ–४ चुम्जुङ खोलामा रहेको एक पक्की पुल र लोमान्थाङ–२ साम्जुङमा निर्माणाधीन अर्को पक्की पुलमा क्षति पुगेको जनाइएको छ। त्यस्तै, एक फलामे पुल र तीन वटा काठेपुलहरू पूर्ण रूपमा बगाइएको छ।

प्रहरीका अनुसार खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र न्याम्डो गाउँका दुई घर जोखिममा परेपछि ती स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी छिरिङ किप्पा लामाका अनुसार, अहिले बाढीको बहाव कम भइसकेको छ तर अझै पनि सम्भावित जोखिम रहेकोले स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको छ। सङ्घीय तथा प्रदेश सरकारसँगको समन्वयमा क्षति मूल्याङ्कन र पूर्वाधार पुनःनिर्माणको तयारी थालिने तयारी भइरहेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.