भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

विपद् प्रतिकार्यका लागि नेपाललाई हेलिकप्टर सहयोग गर्ने

विपद् प्रतिकार्यका लागि नेपाललाई हेलिकप्टर सहयोग गर्ने

काठमाडौं । अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर सहयोग गर्ने भएको छ । नेपाल भ्रमणका क्रममा अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले सेनालाई हेलिकोप्टर खरिदका लागि सहयोग गर्न तयार रहेको बताएका हुन ।

नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

यसपटक उपविदेश मन्त्रीको भ्रमणका बेला त्यो प्रस्तावमा अमेरिका सहमत भएको हो । वैदेशिक सहायता शीर्षकमा यो सहयोग गर्न लागेको सेनाले जनाएको छ । रिचार्डले नेपाल बसाइका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा भ्रमणका क्रममा एमसीसी परियोजनाको उपलब्धिबारे नेपालस्थित कार्यालयका अधिकारीहरुसँग छलफल समेत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.