भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात रहेको थियो । एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको रोयटर्सले उल्लेख गरेको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो ।

टर्किले रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो । एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए । अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटना भएको ठाउँमा भिजिबिलिटी कम रहेको बीबीसीले लेखेको छ ।

बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो । उद्धारमा विभिन्न देशले रुचि देखाएका थिए । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारका लागि ४७ विशेषज्ञको टोली र एक हेलिकप्टर पठाइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.