भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गर्मीमा छालाको सुरक्षा कसरी गर्ने?

गर्मीमा छालाको सुरक्षा कसरी गर्ने?

भक्तपुर। गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै ख्याल राख्नुपर्ने हुन्छ । गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ । पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ ।

१। घरबाट बाहिर जानुपूर्व आफूलाई हाइड्रेट राख्न प्रशस्त पानी र जुस पिउनुहोस् ।

२। घाममा जानुभन्दा आधा घण्टा पहिला सनस्क्रिन लगाउनु राम्रो मानिन्छ ।

३।छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ ।

४। सनस्क्रिन लोसनभन्दा अलिकति मात्र धेरै लगाउनुहोस् ।

५। घरबाट बाहिर निस्कदाँ क्याप लगाएर निस्कनु होला र हातहरुलाई सुतीको कपडाले ढाक्नुहोस् ।

६। यदि तपाईं धेरैबेरसम्म बाहिर हुनुहुन्छ भने तीन घण्टाको अन्तरालमा आफ्नो सनस्क्रिन लोसन लगाउनुहोस् ।

७। दिनभरी घाममा हिँडेर घर फर्केपछि आफ्नो अनुहारलाई राम्रोसँग धुनुहोस् ।

८। हाइ केमिकल भएको साबुन कहिल्यै प्रयोग नगर्नुहोस् ।

९। हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो बनाउँछ ।

१०। एन्टिबायोटिक अथवा गर्भनिरोधक औषधीले गर्दा तपाईंको छाला गर्मीमा अझ धेरै संवेदनशील हुन्छ । यहि तपाईं यस्तो औषधीको सेवन गरिरहनु भएको छ भने सनस्क्रिन लोसनको प्रयोग अवश्य पनि गर्नुहोला ।

 


Thali Mobile Pvt.Ltd.