भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारको नाम सार्वजनिक

हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारको नाम सार्वजनिक

काठमाडौं । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार युद्धग्रस्त मुलुक इजरायलमा पुगेर स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनकर्मी र दार्चुलाको अपि हिमाल क्षेत्र पुगेर रिपोर्टिङ गर्ने एनटिभी कोहलपुरको टोलीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार विजेता छनोट समितिको हिजो बसेको बैठकले विभिन्न टेलिभिजन च्यानलहरुबाट प्राप्त हुन आएका कुल २२ वटा समाचार सामग्री मध्येबाट पुरस्कृत सामग्री र पत्रकार छनोट गरेको जनाएको छ ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको एक लाख रुपैया राशिको पुरस्कारबाट इजरायल हमास युद्धको स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनका क्यामरापर्सन श्याम श्रेष्ठ र प्रकाश तिमिल्सिना तथा रिपोर्टर होम कार्की एवम् एनटिभी कोहलपुरका रिपोर्टर दुर्गा भट्ट र क्यामरापर्सन विपिन श्रीवास्तवलाई पुरस्कृत गर्ने प्रतिष्ठान शाखाले जनाएको छ ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई एवम् प्रतिष्ठान शाखाका अध्यक्ष दीपक जंग हमाल सदस्य रहेको ६ सदस्यीय पुरस्कार छनोट समितिले प्राप्त समाचार सामग्रीहरु मध्येबाट विजेताको छनोट गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.