भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा पहिरो खसेर आवागमन रोकियो

हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा पहिरो खसेर आवागमन रोकियो

काठमाण्डौ । मकवानपुरको हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरे क्षेत्रमा पहिरो खस्दा हिजो बेलुकादेखि नै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

उनका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँ र हेटौँडा आवतजावत गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउने तयारी भइरहे पनि अहिलेसम्म काम सुरु नभएको बताइएको छ। सडक खुल्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.