भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पछिल्लो दश वर्षयताकै गर्मी काठमाडौं,अझै बढ्न सक्ने सम्भावना

पछिल्लो दश वर्षयताकै गर्मी काठमाडौं,अझै बढ्न सक्ने सम्भावना

काठमाडौं । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो वर्ष काठमाडौंमा सबैभन्दा बढी ३४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ २८, १७ र ११ मा समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो । यो गत वर्षकोभन्दा काठमाडौंको बढी तापक्रम हो । विभागका अनुसार गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३।३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३।३ डिग्री सेल्सियस थियो ।

सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो । तथ्यांकअनुसार यो वर्ष काठमाडौं पछिल्ला नौ वर्षयताकै गर्मी बनेको छ । सन् २०१५ को जुन ६ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको विभागको तथ्यांक छ । त्यसयता ०१६ मा ३४.२ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो । जुन तापक्रमलाई यो वर्षको तापक्रमको रेकर्डले उछिनिसकेको छ ।

हिउँदे वर्षा नहुनु, पृथ्वीको तापक्रम निरन्तर बढ्नु, प्राकृतिक हिसाबले पनि सामुद्रीक प्रणालीहरू परिवर्तन भइरहनु तापक्रम बढ्नुको कारण हो ।

यो वर्ष काठमाडौंमा अझै गर्मी बढ्नसक्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् रोजन लामिछाने बताउँछन् । तर, कोसी प्रदेशबाट मनसुन नेपाल भित्रिसकेका कारण ३२ देखि ३४ डिग्री सेल्सियसकै हाराहारीमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।