भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु, भक्तपुरका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु, भक्तपुरका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।

नेपालमा लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धताु भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन भइरहेका छन् ।

लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत भक्तपुरमा भने निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामुलक कार्यक्रम गरी दिवस दश दिन सम्म मनाइदै छ । दिवसको अवसरमा सूर्यविनायक नगरपालिकाले नगरका दशवटै वडामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्क्रीनिङ्ग शिविर संचालन गरेको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १५०० जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा राहतको अनुभव गरेको बताएका छन् । महिला हिंसा अन्त्य गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने जनप्रतिनिधिले बताएका छन् ।

दिवसकै अवसरमा भक्तपुर नगरपालिका, चाँगुनाराणण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि र सरोकारवालाको उल्लेख्य सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.