भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

ऐतिहासिक भाजु पुखू पुनःनिर्माण कार्य अन्तिम चरणमा

ऐतिहासिक भाजु पुखू पुनःनिर्माण कार्य अन्तिम चरणमा

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भक्तपुरको ऐतिहासिक भाजु पुखू पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाले भाजु पुखूको दक्षिणतर्फको डील निर्माण गर्ने विषयमा मंगलबार सम्बन्धित सरोकारवालाहरुसँग छलफल भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै पोखरीको चारैतर्फको डील व्यवस्थापन र सौन्दर्यीकरणमा नगरपालिकाले विशेष जोड दिइरहेको बताउनुभयो ।

ऐतिहासिक भाजु पुखु र भक्तपुर क्याम्पस जनताको साझा सम्पत्ति भएको बताउँदै उहाँले भाजु पुखुको दक्षिणतर्फको डील निर्माणको लागि भक्तपुर क्याम्पसले सहयोग गर्न आग्रह गर्नुभयो । साझा सम्पत्तिको संक्षण र सम्बद्र्धन गर्नु सबैको साझा जिम्मेवारी हो ñ प्रमुख प्रजापतिले भन्नुभयो । सैनिक क्षेत्रभित्र पर्ने भक्तपुरको रानी पोखरी पुनःनिर्माण र सर्वसाधारण जनताको लागि खुल्ला गर्न तत्कालीन प्रधानसेनापतिको भूमिकालाई भक्तपुरका जनताले सदा सम्झिरहने बताउँदै उहाँले दक्षिणतर्फको डील बनाउन भक्तपुर क्याम्पसको तर्फबाट सकारात्मक भूमिका रहने आशा व्यक्त गर्नुभयो ।

भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोजकुमार तिमिल्सिनाले भक्तपुरका सांस्कृतिक सम्पदाहरुको संरक्षणमा भक्तपुर नपा अग्रणी स्थानमा रहँदै आएको बताउँदै पोखरीको क्याम्पससँगै जोडिएको डील निर्माणको सन्दर्भमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि सँधै सकारात्मक भएको बताउनुभयो । उहाँले २०३३ सालदेखि नै पोखरीको दक्षिण डील भक्तपुर क्याम्पसको नाममा दर्ता रहेको उल्लेख गर्दै उक्त डील निर्माण गर्ने सन्दर्भमा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।

त्यस्तै भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीसुन्दर लवजूले भाजु पुखु पुनःनिर्माण भक्तपुरको मात्र नभई सबै देशबासीहरुको गौरवको विषय भएको बताउँदै नपाको राम्रो र स्वागतयोग्य काममा क्याम्पसको तर्फबाट सँधै साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, ज्ञानकुन्ज टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद दुमरु, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले भाजु पुखुको चारैतिरको डिल निर्माण कार्य क्याम्पसको सहयोगविना पूर्ण नहुने बताउँदै उक्त क्षेत्रको सौन्दर्यीकरण र पार्कि™ व्यवस्थापनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.