भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

यो साल फागुन १ गते सार्वजनिक बिदा छैनः गृह

यो साल फागुन १ गते सार्वजनिक बिदा छैनः गृह

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएपनि यो साल विदा नरहेको गृहले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ, ‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ ।’

सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि गृहले रोकेको छ ।

 


Thali Mobile Pvt.Ltd.