भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धादिङ र काभ्रेका सीडीओलाई गृहमन्त्रालय तानियो

धादिङ र काभ्रेका सीडीओलाई गृहमन्त्रालय तानियो

काठमाडौं ।धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए ।

उनीहरुलाई गृहमन्त्रालयमा तानिएको गृहका प्रवक्ता ऋषिराम तिवारीले बताए । मनसुन सक्रिय भएको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा रोक नलगाउँदा धेरै क्षति भएको निष्कर्षसहित उनीहरुको सरुवा गरिएको बुझिएको छ । मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिँदा यति ठूलो मानवीय क्षति भएको गृहको ठहर छ ।

नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलाको पहिरोले सवारी साधन पुर्दा ३५ जनाको मृत्यु भएको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा ठूलो क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.