भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा सिनामङ्गलबाट तीन जना पक्राउ

विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा सिनामङ्गलबाट तीन जना पक्राउ

काठमाण्डौ । काठमाण्डौको त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।

मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको जिसीले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.