भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव

कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव

काठमाण्डौ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुनी प्रणाली भित्रिएको छैन । नेपालमा मनसुन भित्रिएको १३ दिन भैसक्दा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा भित्रिएको छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । मनसुन नपुगे पनि कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी भने पर्दै आएको छ ।

पश्चिमी वायुको प्रभाव कम नभएकोले मनसुन फैलन समय लागेको मौसमविद्ले बताएका छन् । सामान्यतया मनसुन भित्रिएको एक हप्ता आसपासमा देशभर फैलने गरेकोमा यस वर्ष केही ढिला भएको हो । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम देशभर नै आंशिकदेखि साधारणतया बदली रहने छ । राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

 

 


Thali Mobile Pvt.Ltd.