भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हुलाक सेवाका एक हजार ३३६ दरबन्दी खारेज

हुलाक सेवाका एक हजार ३३६ दरबन्दी खारेज

काठमाडौं । सरकारले हुलाक सेवाअन्तर्गत एक हजार तीन सय ३६ दरबन्दी खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने गरी उक्त दरबन्दी खारेज गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठनसंरचना परिवर्तन गर्ने भन्ने निर्णय भयो ।

त्यसअनुसार केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने र एक हजार तीन सय ३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ ।’

गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण (पहिलो संशोधन) निर्देशिका २०८० स्वीकृत गर्ने र रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्षमा महोत्तरीका डा.परशुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय गरेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.