भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशुवस्तुको मृत्यु

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले ३० भन्दा बढी पशुवस्तुको मृत्यु

मुख्य बुँदा 

  • हुम्लाको चङ्खेली गाउँपालिका–६ रामालेख खडिन्याखाडा खर्कमा अज्ञात रोग फैलिँदा ३० भन्दा बढी पशु मरे।

  • बिरामी पशुमा पेट र छाती सुन्निने, दिसा ननिकाल्ने, घाँस नखाने, र्‍याल काड्ने लक्षण देखिएका छन्।

  • १ भैँसी, १ कुकुर, ६ दुहुना, ९ गाई र १४ भन्दा बढी गोरु मरेको स्थानीयले जानकारी दिए।

  • खर्क क्षेत्रमा अझै १०० भन्दा बढी पशु बिरामी परेका छन्।

  • गाउँपालिकाको पशुशाखामा पशु स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ।

  • हिउँदको लागि घाँस सङ्कलन र बर्खेबालीको संरक्षणका लागि पशु खर्कमा राख्ने प्रचलन ।

हुम्ला, १५ साउन । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा फैलिएको अज्ञात रोगका कारण एक सातादेखि ३० भन्दा बढी पशुवस्तु मरेका छन्।

स्थानीय हरिबहादुर शाहीका अनुसार एक भैंसी, एक कुकुर, ६ दुहुना, नौवटा गाई र १४ भन्दा बढी गोरु सहित धेरै पशु मरेका छन्। साउन ८ गतेपछि देखिएको उक्त रोगले पशुहरूको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने र र्‍याल काड्ने लक्षण देखाइएको छ। मासिधारा क्षेत्र लगायतका आसपासका क्षेत्रमा यस महामारीले ठूलो क्षति पुर्‍याएको छ।

अधिकांश पशु जङ्गलतिर रहेका खर्कमा भएको र त्यहाँ अझै एक भैंसी बिरामी भएपछि पालमा राखिएको छ भने अरू गाईगोरु समेत थला परेको छ। खर्क क्षेत्रमा गन्हाउने दुर्गन्ध फैलिएपछि स्थानीयमा चिन्ता बढेको छ। स्थानीयहरूको भनाइ अनुसार विभिन्न खर्कमा १०० भन्दा बढी पशु अझै बिरामी छन्।

गाउँपालिकाको पशुशाखामा औषधिका लागि पुगे पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भएको छ। चङ्खेली गाउँपालिकामा हिउँदका लागि घाँस सङ्कलन गर्ने, बर्खेबालीको संरक्षण गर्ने र गर्मीमा हुने रोगबाट बच्नका लागि पशुहरूलाई खर्कमा लैजाने प्रचलन छ। अहिलेको अज्ञात रोग फैलिनुले कृषकहरूमा ठूलो चिन्ता सिर्जना गरेको छ।

 


Thali Mobile Pvt.Ltd.