भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

विशाल बजारमा हुण्डी कारोबारी ४० लाख रुपैयाँसहित दुई जना पक्राउ

विशाल बजारमा हुण्डी कारोबारी ४० लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडस्थित विशाल बजारमा हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले ४० लाख ३२ हजार ५० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ता यादवपुर निवासी ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका निवासी ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशाल बजारस्थित कम्पनी लिमिटेडको भुइँतलाबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

विशाल बजार कम्पनी विगत १५ वर्षदेखि विभिन्न विवादमा मुछिँदै आएको छ। कम्पनीका सञ्चालकहरूकै मिलेमतोमा सटर भाडामा अनियमितता, भ्रष्टाचार, र सेयर कारोबारमा पारदर्शिताको अभाव जस्ता मुद्दाहरूमा कम्पनीको नाम जोडिँदै आएको छ।

विशेष अदालत र सर्वोच्च अदालतमा कम्पनीका सञ्चालकहरूविरुद्ध भ्रष्टाचारका मुद्दाहरू विचाराधीन छन्। साथै, कम्पनीले विगत चार वर्षदेखि लेखा परीक्षण नगरेको र साधारण सभा नगरेको आरोप पनि लागेको छ।

हालै, विशाल बजार कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि देखिएको छ। कम्पनीको वित्तीय विवरण सार्वजनिक नगरेको अवस्थामा पनि सेयर मूल्यमा भएको वृद्धिले नियामक निकायहरूको ध्यानाकर्षण गराएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीको कारोबार विवरण माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.