भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विशाल बजारमा हुण्डी कारोबारी ४० लाख रुपैयाँसहित दुई जना पक्राउ

विशाल बजारमा हुण्डी कारोबारी ४० लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडस्थित विशाल बजारमा हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले ४० लाख ३२ हजार ५० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ता यादवपुर निवासी ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका निवासी ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशाल बजारस्थित कम्पनी लिमिटेडको भुइँतलाबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

विशाल बजार कम्पनी विगत १५ वर्षदेखि विभिन्न विवादमा मुछिँदै आएको छ। कम्पनीका सञ्चालकहरूकै मिलेमतोमा सटर भाडामा अनियमितता, भ्रष्टाचार, र सेयर कारोबारमा पारदर्शिताको अभाव जस्ता मुद्दाहरूमा कम्पनीको नाम जोडिँदै आएको छ।

विशेष अदालत र सर्वोच्च अदालतमा कम्पनीका सञ्चालकहरूविरुद्ध भ्रष्टाचारका मुद्दाहरू विचाराधीन छन्। साथै, कम्पनीले विगत चार वर्षदेखि लेखा परीक्षण नगरेको र साधारण सभा नगरेको आरोप पनि लागेको छ।

हालै, विशाल बजार कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि देखिएको छ। कम्पनीको वित्तीय विवरण सार्वजनिक नगरेको अवस्थामा पनि सेयर मूल्यमा भएको वृद्धिले नियामक निकायहरूको ध्यानाकर्षण गराएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीको कारोबार विवरण माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.