भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

तनावकै बीच नेपालमा पाकिस्तानी सेनाको टोली, संसदमा प्रश्न उठ्यो

तनावकै बीच नेपालमा पाकिस्तानी सेनाको टोली, संसदमा प्रश्न उठ्यो

काठमाडौं । भारत–पाकिस्तानबीच चरम तनाव चुलिएको बेला नेपालमा पाकिस्तानी सेनाको उच्चस्तरीय टोली आएको विषयलाई लिएर संघीय संसदमा गम्भीर प्रश्नहरू उठेका छन्। सांसदहरूले सरकारको कूटनीतिक समझदारीप्रति शंका जनाउँदै भ्रमण स्थगन गर्नुपर्ने सुझाव दिएका छन्।

कांग्रेस नेता साउदको आपत्ति

नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले बुधबारको संसद बैठकमा बोल्दै भारतको पहलगाममा भएको आतंककारी घटनापछि भारत–पाकिस्तान सम्बन्ध अत्यन्त तनावपूर्ण अवस्थामा पुगेको स्मरण गराए। यस्तो संवेदनशील घडीमा पाकिस्तानबाट सैनिक टोली नेपाल आउनु कूटनीतिक असावधानी भएको उनको टिप्पणी थियो। “परिस्थितिलाई नजरअन्दाज गर्दै यस्तो भ्रमण गर्न दिइनु असमयिक र असान्दर्भिक छ,” साउदले भने, “पूर्वनिर्धारित भए पनि यसलाई स्थगन गरी उपयुक्त समयको पर्खाइ गर्नुपर्थ्यो।”

स्वतन्त्र सांसद अमरेश सिंहको आलोचना
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकारले अन्तर्राष्ट्रिय कूटनीति नबुझेको आरोप लगाउँदै, भारत–पाक युद्धको सङ्केत देखिँदा नेपालले सावधानी अपनाउनुपर्नेमा ध्यान नदिएको गुनासो गरे। “नेपालसँग खुला सिमा छ, तर सरकारको ध्यान सुरक्षा चुनौतीतर्फ होइन, उल्टै भारतलाई जिस्काउने शैलीमा पाकिस्तानी सैन्य टोली निमन्त्रणा गरिएको देखिन्छ,” उनले भने।

पाकिस्तानी सैन्य टोलीको आगमन
पाकिस्तानी हवाई सेनाका कमाण्डर साद मन्सुर अन्सारीको नेतृत्वमा १० सदस्यीय उच्चस्तरीय सैन्य टोली आइतबार काठमाडौं आइपुगेको हो। टोलीमा थल, जल, हवाई तीनवटै शाखाका वरिष्ठ अधिकारीहरू रहेका छन्। भ्रमणको उद्देश्य द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्नु रहेको बताइएको छ।

नेपाली सेनाको प्रतिक्रिया
तर नेपाली सेनाले यस भ्रमणलाई पूर्वनिर्धारित र नियमित कार्यतालिकाअनुसार भएको बताउँदै भारत–पाकिस्तानबीचको तनावसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। सेनाका प्रवक्ता गौरवकुमार केसीले भने: “पाक सेनाको भ्रमण हालको द्वन्द्वसँग असम्बन्धित छ। यो लामो समयदेखि तय गरिएको नियमित कार्यक्रम हो।”

पाकिस्तानी सैन्य टोलीको भ्रमणले नेपालको कूटनीतिक सन्तुलनबारे बहस चर्किएको छ। संवेदनशील भू-राजनीतिक परिवेशमा नेपालले चालेका कदमहरू सतर्क, विवेकपूर्ण र निष्पक्ष हुनुपर्ने आवाज संसदमा स्पष्ट रुपमा उठेको छ।

 


Thali Mobile Pvt.Ltd.