भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चिसो अत्याधिक बढ्यो, सुदूर, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिक न्यूनचापीय प्रणालीको प्रभाव

चिसो अत्याधिक बढ्यो, सुदूर, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिक न्यूनचापीय प्रणालीको प्रभाव

काठमाडौं। पश्चिम नेपालबाट मौसममा बदली सुरु भएसंगै चिसो अत्याधिक बढ्को छ । सोमबार साँझदेखि बदली भएकोमा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कणाली प्रदेशमा फैलिने र विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ । महाशाखाले सार्वजनिक गरेको विवरणमा आगामी २४ घण्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । चिसो अत्यधिक बढेर जाने महाशाखाका मौसमविद् लामिछानेले बताए । विभागको अभिलेखमा हाल काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम चार दशमलव आठ डिग्री थियो ।