भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना

दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना

काठमाण्डौ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङको निर्माण कार्य टनेल बोरिङ मेशिनबाट हुने भएको छ । सुनकोशी–मरिणको स्थलगत अवलोकन, विस्तृत अध्ययन तथा अन्तरक्रियापछि १३ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काममा टीबीएम मेशिनको प्रयोग हुने भएको हो ।

यसअघि भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन आयोजनाको मुख्य सुरुङको निर्माण कार्य टीबीएम प्रविधिबाट सम्पन्न भएको थियो । जलविद्युत् आयोजनामा दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना हुनेछ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा यो आयोजना बन्दैछ ।

आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएले टीबीएम बाट मुख्य सुरुङ खन्ने काम सम्भव भएको र त्यसैअनुसार काम गर्न सिफारिस गरेको छ ।

परम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएम बाट सुरुङको निर्माण गर्दा चार किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, आठ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, मुख्य र अडिट सुरुङ खन्न झन्डै तीन हजार छ सय टन विष्फोटक पदार्थ नचाहिने भएको छ । यसबाट सुरुङको चट्टान र माटो खन्ने काम घट्ने र आठ किलोमिटर सडक बनाउनु नपर्ने गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.