भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना

दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना

काठमाण्डौ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङको निर्माण कार्य टनेल बोरिङ मेशिनबाट हुने भएको छ । सुनकोशी–मरिणको स्थलगत अवलोकन, विस्तृत अध्ययन तथा अन्तरक्रियापछि १३ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काममा टीबीएम मेशिनको प्रयोग हुने भएको हो ।

यसअघि भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन आयोजनाको मुख्य सुरुङको निर्माण कार्य टीबीएम प्रविधिबाट सम्पन्न भएको थियो । जलविद्युत् आयोजनामा दूधकोशी जलाशययुक्त आयोजना टीबीएम प्रविधि प्रयोग गर्ने नेपालको पहिलो जलविद्युत् आयोजना हुनेछ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा यो आयोजना बन्दैछ ।

आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलेक्ट्रोकन्सल्ट एसपीएले टीबीएम बाट मुख्य सुरुङ खन्ने काम सम्भव भएको र त्यसैअनुसार काम गर्न सिफारिस गरेको छ ।

परम्परागत ब्लास्टिङ प्रविधिको सट्टा टीबीएम बाट सुरुङको निर्माण गर्दा चार किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने, आठ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने, मुख्य र अडिट सुरुङ खन्न झन्डै तीन हजार छ सय टन विष्फोटक पदार्थ नचाहिने भएको छ । यसबाट सुरुङको चट्टान र माटो खन्ने काम घट्ने र आठ किलोमिटर सडक बनाउनु नपर्ने गर्दा वातावरणीय प्रभाव घट्ने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.