भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

इजरायलको आक्रमणबाट गाजाको आईसीआरसी कार्यालयमा २२ प्यालेष्टिनीको मृत्यु

इजरायलको आक्रमणबाट गाजाको आईसीआरसी कार्यालयमा २२ प्यालेष्टिनीको मृत्यु

काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी आईसीआरसीले गाजास्थित आफ्नो कार्यालयमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ। यो आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। कम्तीमा ४५ जना घाइते भएका छन्।

आईसीआरसीको कार्यालय क्षतिग्रस्त भएको छ। इजरायलले भने आईसीआरसीको कार्यालयमा आफ्नो सेनाले बम नखसालेको दाबी गरेको छ। यसैबीच संयुक्त राष्ट्र संघ र इजरायलको विवादका कारण गाजामा विस्थापित थप भोकमरीको शिकार बनेका छन्।

राष्ट्र संघको डिपोमा रहेको खाद्य सामग्री वितरणमा समेत इजरायल बाधक बनेपछि विस्थापितहरु थप पीडित बनेका हुन्। राष्ट्रसंघको खाद्य शिविर र शरणार्थी शिविरहरुको बीच भागमा लडाइँ जारी रहँदा खाद्यान्न आपूर्तिमा समस्या उत्पन्न भएको हो।

यी क्षेत्रमा राष्ट्र संघ तथा अन्य सहयोगी संस्थाका प्रतिनिधि तथा गाडीमाथि समेत आक्रमण हुने गरेको छ । यसले मौज्दाद रहेको खाद्यान्नसमेत वितरण हुन नसक्दा युद्ध पीडित थप समस्यामा परेका हुन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.