भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलको आक्रमणबाट गाजाको आईसीआरसी कार्यालयमा २२ प्यालेष्टिनीको मृत्यु

इजरायलको आक्रमणबाट गाजाको आईसीआरसी कार्यालयमा २२ प्यालेष्टिनीको मृत्यु

काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी आईसीआरसीले गाजास्थित आफ्नो कार्यालयमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ। यो आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। कम्तीमा ४५ जना घाइते भएका छन्।

आईसीआरसीको कार्यालय क्षतिग्रस्त भएको छ। इजरायलले भने आईसीआरसीको कार्यालयमा आफ्नो सेनाले बम नखसालेको दाबी गरेको छ। यसैबीच संयुक्त राष्ट्र संघ र इजरायलको विवादका कारण गाजामा विस्थापित थप भोकमरीको शिकार बनेका छन्।

राष्ट्र संघको डिपोमा रहेको खाद्य सामग्री वितरणमा समेत इजरायल बाधक बनेपछि विस्थापितहरु थप पीडित बनेका हुन्। राष्ट्रसंघको खाद्य शिविर र शरणार्थी शिविरहरुको बीच भागमा लडाइँ जारी रहँदा खाद्यान्न आपूर्तिमा समस्या उत्पन्न भएको हो।

यी क्षेत्रमा राष्ट्र संघ तथा अन्य सहयोगी संस्थाका प्रतिनिधि तथा गाडीमाथि समेत आक्रमण हुने गरेको छ । यसले मौज्दाद रहेको खाद्यान्नसमेत वितरण हुन नसक्दा युद्ध पीडित थप समस्यामा परेका हुन्। एजेन्सी

 


Thali Mobile Pvt.Ltd.