भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र बनाउन सक्यो। युगान्डाका जुमा मियागीको १३ रन नै सर्वाधिक रह्यो। जुमा बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिए। त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो। वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। रोभमन पावलले २३ रनको योगदान गर्दा निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट रहे। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

समूह सीमा रहको वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो। त्यस्तै युगान्डाले भने तीन २ मध्ये एक जित निकालेको छ। युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.