भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग युगान्डा १३४ रनले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले युगान्डालाई १३४ रनको फराकिलो अन्तरले हराएको छ।

गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा भएको खेलमा १७४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको युगान्डाले ३९ रनमात्र बनाउन सक्यो। युगान्डाका जुमा मियागीको १३ रन नै सर्वाधिक रह्यो। जुमा बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्न अकिल हुसेनले ५ तथा अल्जारी जोसेफले २ विकेट लिए। त्यस अघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो। वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। रोभमन पावलले २३ रनको योगदान गर्दा निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट रहे। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।

समूह सीमा रहको वेस्ट इन्डिज लगातार दुई खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो। त्यस्तै युगान्डाले भने तीन २ मध्ये एक जित निकालेको छ। युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।

त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.