भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

म बैकं छोडेर समाज सेवामा किन लागें ?

म बैकं छोडेर समाज सेवामा किन लागें ?

खम्बप्रसाद जैसी, बुद्वभुमि मानव सेवा आश्रम । म बैकंरबाट समाज सेवामा किन लागे त ? म एउटा सामान्य परिवारमा जन्मको नागरिक हुँ । म बैंकको कर्मचारी हो । म बैंकमा काम गरिरहँदा मैले सधै सोच्थे मैले एउटा संयोजक भएर समाज परिवर्तन गर्नुपर्छ भनेर सोच् राखे अनि मैले त्यो बैंकको जागिर छोड्न पुगे र म परिवर्तन भएर अरुलाई परिवर्तन गर्नु पर्छ भन्ने सधै सोच राख्थे त्यो नै मेरो राम्रो लक्ष्य हो भनेर ठान्थे।

मेरो लक्ष्य र मेरो बिचार
लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हो भनेर ठान्थे । लक्ष्य राखेर मात्र हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न पनि गर्नुपर्छ भन्ने ठान्थे । आफ्नो रुचि अनि वर्तमानमा रोजेको जीवनको आयमबाट लक्ष्य निर्धारण गर्नुपर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो जीवनको लक्ष्य समाजको सेवा हो । मैले समाजमा रहेका दीन दुःखी, गरिबप्रतिको सेवा गर्ने लक्ष्य बनाएको छु ।

परम्पराबाट विकसित बनेको आजको वैज्ञानिक समाजमा आफ्नो व्यक्तिगत काम बाहेक सामाजिक सहयोगमा नजुट्ने अवस्था छ । समाजभित्र रहेर हरेक पेसामा संलग्न व्यक्तिहरूको आवश्यकता रहन्छ । समाजमा रहेका हरेक पक्षलाई समन्वयमा ल्याई व्यक्तिले आफ्नो कर्तव्यप्रति लगाब लगाउनका लागि मैले मेरो जीवनलाई समाज सेवामा लगाउने निर्णय गरेको छु ।

समाजभित्र रहेका समस्या र तिनको समाधानमा खेल्नु पर्ने भूमिका निर्वाह गर्न, समाजमा मेलमिलाप कायम गरी कार्य गर्न अनि व्यक्ति सामाजिक रहनसहनमा घुलमिल बनाउने इच्छा भएकाले मेरो जीवनलाई समाजसेवामा समपर्ण गर्ने इच्छा बनाएको छु । समाजभित्र सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शारीरिक, मानसिक, नैतिक, शैक्षिक आदि समस्या हुन्छन् ।

समाजका यस्ता समस्याहरूलाई पूरा गर्नका लागि विविध पेसामा आवद्ध व्यक्तिलाई सक्रिय बनाएर समाज सेवामा लाग्न प्रेरितः गरी त्यसैमा अगाडि बढ्ने लक्ष्य लिएको छु ।आजको समय सङ्गठित भई सहकार्य गर्ने खालको देखिदैन । यसो हुनुमा मानिस– मानिस बीच हुने समन्वयको अभाव हो ।

व्यक्ति–व्यक्ति बीच सामान्यजस्यता कायम गर्न गराउँनका लागि समाजसेवकको आवश्यकता पर्दछ । समाजमा रहेका हरेक व्यक्ति अनि उनीहरूको पेसा प्रतिको सोचलाई सामाजिक कार्यमा सरिक गराउन सकेको खण्डमा समाज उन्नतशील र समृद्ध बन्दछ । यसको अभाव दिनप्रतिदिन बढ्दै गएको हुनाले समाजसेवाको आवश्यकता बढ्दै गएको छ । यही कारणले गर्दा म यसप्रति उत्साहित बनेको हुँ ।

समाजसेवा मानवहरुको एकआपसमा सम्बन्ध बनाउने एकआपसमा सहयोग गर्ने भाइचाराको आदर्शमा आधारित छ । संकटमा परेका मानिसहरूलाई सहयोग गर्नु नै समाज सेवा हो । यो एक महान कार्य हो । यसका लागि समय र शक्ति खर्च गर्नुपर्छ । आजकाल मानिसलाई आफ्नो जीवन कल्याणको मात्र चिन्ता छ ।

मानिसहरू समाजमा बस्छन् र अरूको सहयोग चाहिन्छ । बदलामा समाज सेवा गर्नु कर्तव्य हो । यदि मानिसहरूले अरूको सेवा गर्छन् भने, अरूले तिनीहरूको सेवा गर्नेछन् । समाजसेवालाई सबै धर्मले प्रशंसा गरेका छन् । असल मानिसले समाजसेवा गर्छ भने नराम्रा मानिसले त्यसलाई त्याग्छन् । समाज सेवा समाज सुधार र विकासको उत्कृष्ट माध्यम हो ।

समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ । हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ किनकि त्यहाँ केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरू छन् । हामी आफ्नो क्षमताको आधारमा धेरै तरिकामा मद्दत गर्न सकिन्छ । समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ ।

यसले गर्दा समाज र देशको विकास पनि हुन्छ । समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ । सम्भव भएसम्म, सेवाहरूलाई व्यक्तिगत वा पारिवारिक स्वतन्त्रतामा हुने खतराहरू रोक्नको लागि पनि निर्देशित गरिन्छ ।

सामाजिक सेवाहरूले सामान्यतया परिवारहरूलाई तिनीहरूको स्थानीय समुदायहरूमा सँगै राख्न, नातेदार सम्बन्ध कमजोर हुँदा साथीहरू वा छिमेकीहरूबाट सहयोग मिलाउनमा उच्च मूल्य राख्दछ ।

 


Thali Mobile Pvt.Ltd.