भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आईसीसीले नेपाली टिमको सूचीमा राख्यो सन्दीपको नाम

आईसीसीले नेपाली टिमको सूचीमा राख्यो सन्दीपको नाम

काठमाडौं । आईसीसीले अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टीट्वान्टी क्रिकेट विश्वकपका लागि नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम राखेको छ । आईसीसीले मंगलबार सन्दीपको नाम राखेको हो ।

आईसीसीको वेबसाइटमा समेटिएको नामावली अनुसार टिममा सन्दीपसँगै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल मल्ल, आशिफ शेख, अनिल साह, अविनाश बोहरा, कमल सिंह ऐरी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सागर ढकाल र सोमपाल कामी रहेका छन् ।

अमेरिकाले भिषा नदिएका कारण सन्दीपले अमेरिकाको दुवै खेल गुमाउने पुगेका हुन् । तर उनी वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् । उनी वेस्ट इन्डिज पुगिसकेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.