भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कर्णालीमा झोलुंगे पुल चुडिएपछि स्थानीयलाई दैनिकी चलाउनै सकस

कर्णालीमा झोलुंगे पुल चुडिएपछि स्थानीयलाई दैनिकी चलाउनै सकस

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका९ र दैलेखको आठबिस नगरपालिका ४ जोड्ने झोलुंगेपुल नभएपछि स्थानीयहरूको दैनिकी चलाउनै सकस परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका छन्।

त्यसैले तत्काल पक्की पुल बनाउन स्थानीयबासीहरूले सरकारसँग माग गरेका छन्। चण्डिका माविका शिक्षक कमल बहादुर शाहीले डेढ सय विद्यार्थीहरू पुल नहुँदा पढ्नबाट बञ्चित भएको जानकारी दिएका छन्। स्थानीय जानकी जैशीले पनि अहिले पुल नहुँदा अछामका विद्यार्थीहरू दैलेख र दैलेखका विद्यार्थीहरू अछाममा भएको विद्यालयमा पढ्न जान नसकेको जानकारी दिइन्।

आइतबार बिहान ९ बजे कर्णाली नदीमाथिको झोलुंगे पुल हुँदै खच्चडहरू पार गर्दै गर्दा लठ्ठा चुँडिएर १३ वटा खच्चड पुलमै अड्किएका थिए । जसमध्ये ११ वटा उद्धार र दुई वटाको मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.