कर्णालीमा झोलुंगे पुल चुडिएपछि स्थानीयलाई दैनिकी चलाउनै सकस

कर्णालीमा झोलुंगे पुल चुडिएपछि स्थानीयलाई दैनिकी चलाउनै सकस image

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका९ र दैलेखको आठबिस नगरपालिका ४ जोड्ने झोलुंगेपुल नभएपछि स्थानीयहरूको दैनिकी चलाउनै सकस परेको छ भने विद्यार्थीहरू पढ्नबाट बञ्चित भएका छन्।

त्यसैले तत्काल पक्की पुल बनाउन स्थानीयबासीहरूले सरकारसँग माग गरेका छन्। चण्डिका माविका शिक्षक कमल बहादुर शाहीले डेढ सय विद्यार्थीहरू पुल नहुँदा पढ्नबाट बञ्चित भएको जानकारी दिएका छन्। स्थानीय जानकी जैशीले पनि अहिले पुल नहुँदा अछामका विद्यार्थीहरू दैलेख र दैलेखका विद्यार्थीहरू अछाममा भएको विद्यालयमा पढ्न जान नसकेको जानकारी दिइन्।

आइतबार बिहान ९ बजे कर्णाली नदीमाथिको झोलुंगे पुल हुँदै खच्चडहरू पार गर्दै गर्दा लठ्ठा चुँडिएर १३ वटा खच्चड पुलमै अड्किएका थिए । जसमध्ये ११ वटा उद्धार र दुई वटाको मृत्यु भएको थियो।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.