भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज नेपाल र न्युजिल्याण्ड भिड्दै

आज नेपाल र न्युजिल्याण्ड भिड्दै

काठामाडौं । आईसीसी अण्डर नाइन्टीन विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ । दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार आज दिउँसो पौने दुई बजे यो खेल सुरु हुनेछ । नेपालको समुह ‘डि’ मा न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान रहेका छन् । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको यो १५ औं संस्करण हो । यसपटक प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली ‘सुपर सिक्स’ मा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुनेछ । भारत यो प्रतियोगिताको साविक विजेता राष्ट्र हो ।

 


Thali Mobile Pvt.Ltd.