भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महँगीको मारमा उपभोक्ता

महँगीको मारमा उपभोक्ता

काठमाडौं । बजारमा तरकारीदेखि खाद्य पदार्थको मूल्य अकासिएको छ । महँगीका कारण आम उपभोक्ता मर्कामा परेका छन् । नेपालीहरुको दैनिक भान्सामा प्रयोग हुने वस्तुहरुको मूल्य घटेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । २०८० मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा ध्यू तथा तेल १३ प्रतिसत, तरकारी, माछा तथा मासुको मूल्यमा ८ प्रतिशतले कमी आएको बताएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको र कात्तिक महिनाको तुलनामा मंसिर यता फलफूलमा १३, मरमसला ३७, चिनीमा १३, दुग्ध पदार्थ तथा अण्डामा १० र दाल तथा गेडागुडीको १० प्रतिशतले वस्तुहरुको मूल्यमा वृद्धि आएको तथ्यांक सार्वजनिक गरिएको छ ।

तर, सर्वसाधारणको ज्याला तथा तलबमा वृद्धि नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । पछिल्लो समय प्याजको मूल्य नघटेको कारण सर्वसाधारण मर्कोमा परेका छन् नै, राजधानीमा आकाशिएको तरकारी लगायत दैनिक भान्सामा प्रयोग हुने दाल, चिनी, चामल लगायतका वस्तुमा मूल्य वृद्धि हुँदा आम सर्वसाधारण मर्कोमा परेका छन् ।

प्याज, आलु, काउली, बोडी, फर्सी र हरियो सागलगायतको मूल्य किसानले बिक्री गर्ने र सर्वसाधारणले व्यवसायी मार्फत किन्दाको मूल्य बीचको फरकले आम सर्वसाधारण समस्यामा परेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.