भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

नेपाल प्रहरीले अब रेडियो फ्रिक्वेन्सीबाट इम्बोस्ड नम्बर प्लेट रिड गर्ने

नेपाल प्रहरीले अब रेडियो फ्रिक्वेन्सीबाट इम्बोस्ड नम्बर प्लेट रिड गर्ने

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन आरएफआईडी प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका बिच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने मेसिन हस्तान्तरण गरेका हुन् । सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरिएपछि प्रहरीले अब रेडियो फ्रिक्वेन्सीबाट इम्बोस्ड नम्बर रिड गर्ने भएको छ ।

हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भए पनि यसमा उपलब्ध डेटा रिड गर्ने कुनै पनि प्रणालीको व्यवस्था थिएन ।

सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्त्वपूर्ण हुने छ । कार्यक्रममा डेमो गरेर मेसिन परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.