भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

भारतमा बलात्कार र हत्या आरोपी पाँच जनालाई मृत्युदण्डकको सजाय, एक जनालाई जन्मकैद

भारतमा बलात्कार र हत्या आरोपी पाँच जनालाई मृत्युदण्डकको सजाय, एक जनालाई जन्मकैद image

एजेन्सी । भारतमा सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । भारतको एक अदालतले किशोरीको बलात्कार र हत्यामा संलग्नहरु पाँच जनालाई मृत्युदलण्डको सजाय सुनाएको हो ।

बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबैको हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या भएको थियो । भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा विरलै दिइने सजाय हो ।

छैटौं व्यक्तिलाई भने ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर गरियो तर बलात्कारमा संलग्नता प्रमाणित नभएकाले हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda