भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपालमा लगानी बढाउन बिम्स्टेक देशका निजी क्षेत्रका लगानीकर्तासँग आग्रह

नेपालमा लगानी बढाउन बिम्स्टेक देशका निजी क्षेत्रका लगानीकर्तासँग आग्रह

काठमाण्डौ – नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० देशका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेको छ ।

भारतको नयाँदिल्लीमा भएको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्षेत्रीय मूल्य श्रृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गर्नुभएको हो । सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र नागरिकको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ छ ।

उहाँले काठमाण्डौमा भएको तेस्रो लगानी सम्मेलनमार्फत लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको जानकारी दिनुभयो । नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै उहाँले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताउनुभयो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ । नयाँदिल्लीमा भएको बिम्स्टेक बिजनेस समिट २०२४ मा उहाँले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.