भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बर्दिया र कैलालीमा सूचकाङ्कमा आधारित बाढी बीमा प्रभावकारी

बर्दिया र कैलालीमा सूचकाङ्कमा आधारित बाढी बीमा प्रभावकारी

काठमाण्डौ, मंसिर १८ । बर्दिया र कैलालीका नदी तटीय क्षेत्रमा लागू गरिएको सूचकाङ्कमा आधारित बाढी बीमा योजना प्रभावकारी देखिएको छ।

बाढीका कारण हुने क्षतिलाई प्रत्यक्ष मूल्यांकन नगरी सूचकाङ्कको आधारमा बीमा कम्पनीले क्षति बहन गर्ने प्रणाली सफल बन्दै गएको हो। यो बीमा योजना हाल बर्दिया र कैलालीका विभिन्न पालिकामा धानबालीमा लक्षित भएर लागू भइरहेको छ।

कर्णाली नदीस्थित चिसापानी जलमापन केन्द्रलाई आधार मानेर तोकिएको बाढी सूचकाङ्क नाघेपछि बीमामा आवद्ध किसानलाई स्वचालित रूपमा बीमा रकम भुक्तानी हुन्छ। सूचकाङ्कमा आधारित बीमामा क्षतिको पुनः मूल्याङ्कन गर्नु नपर्ने भएकाले किसानले छिटो राहत पाउने व्यवस्था छ।

बीमा सूचकाङ्क पार गरेपछि नदीमा जलसतह बढेपछि सीधै किसानको खातामा पैसा जम्मा हुन्छ, जसले बाढी पस्चात् तत्काल आर्थिक राहत प्रदान गर्दछ। समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत पालिका सरकार, प्राक्टिकल एक्सन र शिखर बीमा कम्पनीको साझेदारीमा सञ्चालन हुँदै आएको यो कार्यक्रम चार वर्षदेखि लागू छ।

हालसम्म ८ हजार ५ सय ६२ किसान यस सूचकाङ्कमा आधारित बाढी बीमामा आवद्ध भइसकेका छन्। कृषि तथा पशुपंक्षी मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार यस किसिमको बीमाले किसानको क्षतिको ९० प्रतिशतसम्म क्षति बहन गर्छ।

राजापुर–३ का किसान बनिया थारूका अनुसार गत वर्ष बाढी आएको समयमा आफूले यो योजनाबाट सजिलै बीमा भुक्तानी पाएको बताउनुभयो। कर्णाली नदीको सतह तोकिएको सूचकाङ्क नाघेपछि मोबाइलमा सूचना आउने र त्यसै आधारमा कति प्रतिशत भुक्तानी योग्य हुने जानकारी स्वचालित रूपमा प्राप्त हुने उनले बताए।

 


Thali Mobile Pvt.Ltd.